ओली, प्रचण्ड र देउवा आज पनि बिहानैदेखि छलफलमा


४ माघ २०७६, शनिबार
Top Leader of Nepal

काठमाडौं, ४ माघ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका विषयमा छलफल गर्न शनिबार पनि प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवा आज (शनिबार) पनि बिहानैदेखि छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

आजै यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते गठन गरिएको सर्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ । उक्त समितिले राजनीतिक सहमति पर्खेर बसेकाले आज वालुवाटरको ओली, प्रचण्ड र देउवाको छलफलले नाम सिफारिस गर्दैछ ।

स्रोतका अनुसार सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्दैछन् । उनी कांग्रेसको सिफारिसमा आयोग अध्यष हुन लागेका हुन् ।

वेपत्तामा भने सुवास नेम्वाङको सिफारिसमा सर्वाेच्चका एक पूर्व न्यायधीशको नाम सिफारिस हुने स्रोतले जानकारी दिएको छ । शुक्रबारको बैठकमा नेकपाले तीन र कांग्रेसले एक समिति सदस्य लिने कि दुवै पार्टीले २–२ जना लिने भन्नेमा कुरा मिलेको थिएन ।

शनिबारको बैठकमा यो विषयमा सहमति जुटाएर नाम टुङ्ग्याउने तयारी छ । त्यसपछि सिफारिस समितिले बैठक बसेर क्याविनेटमा सिफारिस पठाउने छ । मन्त्रिपरिषदले अनुमोदन गरेपछि आयोग गठन हुनेछ । शनिबारको बालुवाटार वैठकमा पनि शुक्रबार सहभागी नेताहरु नै सहभागी रहेको बाजुवाटार स्रोत बताउँछ ।

कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, नेकपाबाट सुवास नेम्बाङ र खिमलाल देवकोटा सहभागी छन् । नाम सिफारिसका लागि शुक्रबार नै साँझ ५ बजे बैठक बस्ने गरी बिहानको बैठक सकिएको थियो । तर साँझ बैठक नगरी शनिबार बिहान बोलाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७