इंग्लिस प्रिमियर लिगमा किपरले बल ठानेर टाउको समातेपछि…


२१ पुष २०७४, शुक्रबार
football

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा वेष्ट ह्यामले लण्डन क्लब टोटनह्यामलाई १–१ को बराबरीमा रोक्यो ।football

टोटनह्यामलाई बराबरीमा रोक्नुमा वेष्ट ह्यामका स्पेनिस गोलरक्षक एड्रियनको महत्वपूर्ण भूमिका छ । एड्रिएनको राम्रो प्रदर्शनका कारण म्यानचेस्टर सिटीबाट लोनमा गएका इंग्ल्याण्डका जोय हार्टले वेष्ट ह्याममा आफ्नो स्थान बनाउन संघर्ष गर्नु परेको छ ।

तर बिहीबार रातिको खेलमा गोलरक्षक एड्रियनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समाते । वेम्बलीमा भएको खेलमा कर्नर किकको बल रोक्ने प्रयासमा रहेका एड्रियनले आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका हुन् । एड्रियनले बल ठानेर कोयाटेको टाउको समातेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७