ए डिभिजन लिग : जावलाखेलविरुद्ध पुलिस विजयी


४ माघ २०७६, शनिबार
police club

काठमाडौं, ४ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई २–० गोलले हरायो । पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक एक गोल गरे ।


पुलिसले २७औं मिनेटमा सौजनको गोलका अग्रता लिएको थियो । ४८औं मिनेटमा सुनमले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा पुलिस सजिलै विजयी भयो ।


पुलिसविद्ध जाउलाखेलले गोल गर्न लायक अवसर बनाउन सकेन । पुलिसका सौजन राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै पुलिस सात खेलबाट ११ अंक बनाएको पुलिस चौथो स्थानमा उक्लिएको छ । नौ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७