दक्षिण कोरियासँग वार्ता गर्न उत्तर कोरिया तयार


२१ पुष २०७४, शुक्रबार
दक्षिण कोरियासँग वार्ता गर्न उत्तर कोरिया तयार5857


बीबीसी:
उत्तर कोरिया शीत ओलम्पिकमा हुने उच्चस्तरीय बैठकमा भाग तयार भएको छ। आगामी ९ जनबरीमा हुने सो बैठकमा उत्तर कोरिया भाग लिन तयार भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन्।दक्षिण कोरियासँग वार्ता गर्न उत्तर कोरिया तयार5857

सो बैठकमा फेब्रअरीमा दक्षिण कोरियामा हुने शीत ओलम्पिकमा उत्तर कोरियाले एथलेटिक्समा भाग लिने विषयमा छलफल हुने बीबीसीले जनाएको छ। सो बैठक दक्षिण कोरियाको प्यानमुनजोम गाउँमा हुने चर्चा छ। सीमा नजिकै अवस्थित सो गाउँलाई समान्य रुपमा शान्तिको रुपमा लिइन्छ। सो क्षेत्रमा ठूलो संख्यामा सैन्य बलको उपस्थिति हुने गरेको छ। यो गाउँमा दुवै देशले पहिला पनि केही ऐतिहासिक बैठक गरिसकेका छन्।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार यो बैठकको प्राथमिकता प्योङचाङमा हुने शीत ओलम्पिकका विषयमा चर्चा गर्नु हो।

उनले दक्षिण कोरियाली समाचार एजेन्सीसँग भने, ‘सो बैठकमा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा पनि छलफल हुन सक्छ।’
डिसेम्बर २०१५ पछि दुवै देशबीच यो पहिलो उच्चस्तरीय बैठक हुनेछ। यद्यपी सो बैठकमा कुनस्तरका प्रतिनिधि सहभागी हुने भन्ने विषय तय भएको छैन। दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले शीत ओलम्पिकका विषयमा हुने छलफलले दुई देशबीच जमेको हिउँ पगाल्ने काम गर्ने बताएका थिए।
केही दिन पहिला उत्तर कोरियाले सकारात्मक कदम उठाउँदै दुवै देशको साझा सीमामा टेलिफोन हटलाइन सुरु गरेको थियो। दक्षिण कोरियाका संचार मन्त्रालयका अधिकारीले एएफपीलाई बताए अनुसार बैठकको निम्तालाई उत्तर कोरियाकातर्फबाट शुक्रबार विहान फ्याक्समार्फत पठाइएको थियो।
नयाँ वर्षको अवसरमा दिएको भाषणमा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग वार्ताकालागि तयार रहेको बताएका थिए। उनले फेब्रुअरीमा हुने शीत ओलम्पिकमा आफ्ना खेलाडी पठाउने विषयमा विचार गरिरहेको बताएका थिए। उनले दक्षिण कोरियालाई दुवै कोरियाली देशका अधिकारी संभावना खोज्नकालागि तत्काल वार्तामा बस्न सुझाव दिएका थिए।
किम जोङ उनको सो भनाइको स्वागत गर्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले भनेका थिए, ‘ओलम्पिक खेल दुई देशबीच शान्ति कामय राख्न ऐतिहासिक मौका हुनसक्छ।’ गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि मुन जे–इन उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७