जुकरबर्गको नयाँ वर्षमा यस्तो संकल्प, अब फेसबुकमा के परिर्वतन हुन्छ ?


२१ पुष २०७४, शुक्रबार
mark zuckerberg

काठमाडौं : प्रत्येक नयाँ वर्ष फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ संकल्प लिने गरेका छन् । उनले नयाँ वर्ष २०१८ मा प्रवेश गर्दा पनि नयाँ संकल्प लिएका छन् । उनले फेसबुकका तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् । mark zuckerberg
२०१६ मा अमेरिकाका राष्ट्रपति चुनावका क्रममा फेसबुकको उपयोगलाई लिएर पनि प्रश्नहरु उठेका थिए । पछिल्लो समय फेसबुकले फेक न्यूज बढावा दिएको भन्दै आलोचना भएको छ ।
उनले फेसबुकमा नै पोष्ट गरेको एउटा आलेखमा फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जुकरबर्गले यो महत्वपूर्ण विषयलाई पनि आफ्नो प्राथमिकता सूचीमा समावेश गरेको बताएका छन् । ‘हाम्रो समुदायलाई घृणा र दुर्व्यवहारबाट बचाउनु, राष्ट्रहरुको दख्खलबाट फेसबुकलाई बचाउनु र यो सुनिश्चित गर्नु कि फेसबुकमा बिताइएको सयम तपाईंको बहुमूल्य समय होस्’, उनले भनेका छन् ।
उनले थप लेखेका छन्, ‘हामी सबै गल्तीहरु त रोक्न सक्दैनौं, तर अहिले हाम्रो नीति र उपकरणहरुको दुरुपयोग गरेर कैयन् गल्तीहरु गरिँदै छ । यदि यो वर्ष हामी सफल भयौं भने २०१८ को सफल अन्त्य हुनेछ ।’
जुकरबर्गले अगाडि लेखेका छन्, ‘प्रविधिले यो वाचा गरेको थियो कि शक्ति मानिसहरुको हातमा जानेछ तर, अब धेरै मानिसहरु यो कुरामा विश्वास गुमाइसकेका छन् र उनीहरुलाई लाग्छ कि प्रविधिले शक्तिलाई आफूमा सीमित राखेको छ । उनले एनक्रिप्सन र डिजिटल मुद्राको ट्रेन्डले यसलाई काउन्टर गर्न सक्ने बताए ।
जुकरबर्गले भने, ‘यो आत्म सुधारका लागि एउटा महत्वपूर्ण वर्ष हुनेछ र साथै म पनि यस्ता कुराहरुलाई ठीक गर्न काम गरिरहेको छु ।’
माया कोसोफले ट्विट गरेकी छिन्, ‘जुकरबर्गका लागि २०१८ मा यो चुनौति थियो कि उनले फेसबुकका सीईओ भएर ती कामहरु गरुन् जो उनले गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७