पाकिस्तानलाई सैन्य सहायता रोक्ने अमेरिकाकाे निर्णय


२१ पुष २०७४, शुक्रबार
trump pakistan

वासिङ्टन: अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका कारबाही पर्याप्त रुपमा नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ ।trump pakistan

पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप छ ।

उनीहरुका बिरुद्ध सशक्त रुपमा कारबाही नगर्दासम्म अमेरिकाले दिँदै आएको उक्त सहायता निलम्बन गर्ने अमेरिकी विदेश मन्त्रालयले बताएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट अरबौँ डलरको सहयोग लिएको भए पनि पाकिस्तानले आतङ्कवादीलाई कारबाहीको सट्टा शरण दिएको आरोप लगाएको थियो ।

यो साताको शुरुमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएपछि पाकिस्तानको सो सहयोग रोक्ने बारेमा विशेष चर्चा सुरु भएको थियो ।

उता पाकिस्तानले भने इस्लामिक अतिवादीहरुका विरुद्धमा आफूले कारबाही जारी नै राखेको र ती सञ्जालहरूसँगको लडाईंमा देशले ठूलो क्षति ब्यहोरिहेको दाबी गर्ने गरेको छ ।

पाकिस्तानले आफ्नै देशमा लुकेर बसेका र अफगानिस्तानको सीमा क्षेत्रमा रहेका अफगान तालिबान र उसका सहयोगीहरूलाई अफगानिस्तानमा हमला नरोकेको गुनासो अमेरिकाले गरेको छ ।

पाकिस्तानले भने ती तालिबानहरुबाट आफु नै पीडित भएको र आफ्नो तर्फबाट कसैलाई कतैतर्फ पनि आक्रमण गर्ने अवस्था नदिएको जानकारी दिएको छ ।

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएदेखि नै उनले पाकिस्तानको यो कार्यको आलोचना गर्दै आएका छन् । उनले मुस्लिम अतिवादका विरुद्धमा पाकिस्तानले सशक्त र कडा कदम नचालेको तर अमेरिकाले भने सोही कार्यका लागि ठूलो आर्थिक सहायता पु¥याउँदै आएको बताउँदै अाएका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानले ती मुस्लिम अतिवादी लडाकूहरुका बिरुद्धमा कडा कदम नचाल्दासम्म सुरक्षा सहायता रोक्ने निर्णय गरेको बताइएको छ । तर अहिले नै के कति मात्रामा उक्त सहायता रकम वा सहायता रोक्न लागिएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

पाकिस्तान सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि अनिच्छापूर्वक आतंकवाद विरुद्धको लडाईंमा जोडिएको थियो।

उसले त्यसैको परिणामस्वरूप अमेरिकाबाट अरबौं डलर सहायताका रूपमा प्राप्त गरेको छ।पाकिस्तानसँग अमेरिका निराश बन्दै जाँदा सहायता रकम बर्षेनि घटिररहेको छ।

तर पनि दुई देशबीचको असहज सम्बन्ध भने जारी छ किनभने पाकिस्तानबाट प्राप्त हुने सहकार्य अमेरिकाका लागि आवश्यक छ। पाकिस्तानीहरू इस्लामवादी सञ्जालविरुद्धको लामो समयदेखिको लडाईंमा आफूहरूले धेरै गुमाएको बताउँछन्।

ट्रम्पले आफ्नो देशले खेलेको भूमिका मनन गर्न ट्रम्प असफल भएको पाकिस्तानीहरूले बताउने गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७