गुडिरहेको बाइकमा आगो लागेपछि……..


२१ पुष २०७४, शुक्रबार
bike ma aago laagyo1 0512018094039

काठमाण्डौं : काठमाण्डौंको पूरानो बसपार्क अगाडि शुक्रबार एक बाइकमा अचानक आगो लागेको छ । गुडिरहेको मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि चालक राजेन्द्र कडेलले छेउमा साइड लगाएका थिए ।bike ma aago laagyo1 0512018094039

साइड लगाए लगत्तै वाइकमा ह्वार्रै आगो बलेको थियो । बा ८३ प ९२९८ नम्बरको २२० सीसीको पल्सरमा अचानक आगो लागेपछि दमकल आएर आगो निभाएको थियो । के कारणले आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७