गोल्छा अर्गानाइजेशनको ग्रुपले बजारमा भित्र्यायो क्रिष्टल ब्राण्ड


२१ पुष २०७४, शुक्रबार
Crystal Gear 2

काठमाडौं: नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुप अन्तरगतको आरके गोल्छा ग्रुपले भारतीय बजारमा प्रख्यात क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ ।Crystal Gear 2

बुधबार एक कार्यक्रमीबच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीच गियर्सको बिक्री बितरण सुरु गरेको हो ।

नेपालमा गोल्छा अर्गनाइजेशन अन्तरगतको आरिहान्त कमर्शियल प्रालिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्री बितरण गर्नेछ ।आरिहान्त कमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तरगतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसै गरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् ।

बजारमा आफ्नो उपस्थिती बलियो बनाउनका लागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने लक्ष्य गोल्छा समुहले लिएको छ । ‘भारतीय बजारमा क्रिष्टलका उत्पादनहरु अधिक रुचाइएका छन् । उच्च गुणस्तरका कारण नै यो सम्भव भएको हो । अब नेपाली उपभोक्ताले पनि हाम्रा उत्पादनको भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं,’ महाप्रबन्धक रायले भने ।

आईएसओ ९००ः२०१५ मान्यता प्राप्त क्रिष्टल इलेक्ट्रीकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् । सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७