अन्नपूर्ण हिमपहिरो : ३५ जना नेपाली आए सम्पर्कमा


५ माघ २०७६, आईतवार
pahiro

कास्की, ५ माघ । अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरोका कारण अलपत्र परेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ३५ जना नेपाली सहयोगी सम्पर्कमा आएका छन् ।

३५ जना नेपाली माछापुच्छ्रे वेसक्याम्पमा सुरक्षित अवस्थामा रहेका छन् । शनिबार ११० जना विदेशीलाई सुरक्षित रुपमा पोखरा ल्याइएको अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरले बताए ।

आइतबार समेत उद्दार टोलीहरु पुगेको तर प्रतिकूल मौसमका कारण उद्दार कठिन भएको उनले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबारबाटै हराएका चार कोरियाली र तीन जना नेपाली भने सम्पर्कमा आएका छैनन् ।

अन्नपूर्ण आधार शिविर जाने बाटोमा हिमपहिरो गएपछि पदयात्रा प्रभावित भएको हो । ‘आज पनि हामी उद्दारको काम जारी राख्छौं,’ अध्यक्ष कुँवरले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७