जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई बर्खास्त गरौं : सांसद विमला राई पौड्याल


५ माघ २०७६, आईतवार
bimala rai paudel

काठमाडौं, ५ माघ । राष्ट्रिय सभाकी सांसद बिमला राई (पौडेल) ले आफ्नो जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई बर्खास्त गरेर काम गर्ने कर्मचारी करारमा भर्ना गर्ने व्यवस्था हुनुपर्ने माग गरेकी छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्वोधन गर्दै सांसद राईले प्रश्न गरिन, ‘एकपल्ट लोकसेवा पास गरेको भन्दैमा जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई जागिरमा राखी रहने ?’

सचिवालयको प्रशासन, सूचना सञ्चार, व्यवस्थापनमा एकदमै धेरै समस्या भएको सांसद पौडेलको भनाई छ । ‘अह«ाएको, लगाएको जिम्मेवारी पूरा नगर्ने अदक्ष कर्मचारी फाल्न सकिने व्यवस्था गर्नुपर्ने बताउँदै पौडेललेथपिन्, ‘असाध्यै दक्ष र काम गर्न सक्ने युवाहरू अवसर नपाएर विदेशिएका छन्, बरु उनीहरूलाई नै करारमा राख्ने व्यवस्था गर्न सकिन्छ ।’

बैठकमा सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सम्बिन्धित समितिका सांसदहरूको सुझाव लिनुपर्ने परम्परा बसाल्न समेत माग गरिन् । उनले संसद सचिवालयमा निश्पक्ष तथ्याङ्क उपलब्ध गराउने इकाइको खाँचो रहेको धारणा समेत राखिन् ।

एक पटक लोकसेवा पास गरेपछि जीवनभर कामै नगरी जागिर खान पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री, मन्त्री बन्न पाँच–पाँच वर्षमा जनतामा जानुपर्छ, खारिएर आउनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७