एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा


५ माघ २०७६, आईतवार
deuwa 1

दाङ, ५ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका छन् ।

प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताए ।

नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ । उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।

एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिंदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तार समेतमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७