सिद्धार्थ बैंकको सहयोगमा निःशूल्क क्यान्सर परीक्षण शिविर


५ माघ २०७६, आईतवार
1579410912sidharthabank

काठमाडौं, ५ माघ । सिद्धार्थ बैंकले सनिबार निःशूल्क क्यान्सर परीक्षण शिविर संचालन गरेको छ।

काठमाडौंको ज्याठामा अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्यमा बैंकले पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर संचालन गरेको हो।

उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको छ।

बैंकले देशभर १८० वटा शाखा(९४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैंकिङ सेवा दिदैं आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७