यौन उत्तेजना फैलाएको आरोपमा पप गायिका पक्राउ


२१ पुष २०७४, शुक्रबार
singerrrr

भिडियोमार्फत अश्लिलता फैलाएको आरोपमा इजिप्टकी एक पप गायिकालाई प्रहरीले पक्राउ गरेको छ । विवादित म्युजिक भिडियोबाट दुव्र्यवहार गर्न उक्साएको’ आरोपमा पप गायिका लैला एमरलाई पक्राउ गरिएको हो ।singerrrr

अश्लिल म्युजिक भिडियो सार्वजनिक गरेपछि उक्त भिडियोबाट अपमानित महसुस गर्दै इजिप्टको कायराबासीले प्रहरीमा उजुरी दिएका थिए । मुस्लिम देशमा यो भिडियोले समाजलाई अश्लिल बनाउन उक्साएको र यो देशकै लागि खतरा सावित हुन सक्ने देखिएपछि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

इजिप्टमा यसअघि श्यामा नामक पप स्टारलाई म्युजिक भिडियोमा कामुकता देखाएर यौन उत्तेजना फैलाएको भन्दै २ वर्षको जेल सजाय सुनाइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७