ताप्लेजुङ ‘कलाकार कल्याणकारी कोष’ स्थापनार्थ ‘ताप्लेजुङ साँझ’


५ माघ २०७६, आईतवार
taplejung

काठमाडौं, ५ माघ :  ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ  ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा आउँदो माघ १७ गते ‘ताप्लेजुङ साँझ’ हुने भएको हो ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले  नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने कार्यक्रममा ताप्लेजुङका कलाकार सहित अन्य चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने जानकारी दिए ।

ताप्लेजुङका कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन र उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ कार्यक्रमको आयोजना गर्न लागिएको साँवाको भनाई छ ।

साङ्‍गीतिक र सांस्कृतिक प्रवर्द्धसँगै भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गर्न लागिएको कार्यक्रममा दर्जन बढी कलाकार्मीहरूले प्रस्तुति दिनेछन्।

आयोजकका अनुसार कार्यक्रममा ताप्लेजुङकै कलाकारहरू गजुरेल, झुमा लिम्बू, सुशन साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, विना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङसँगै, अतिथि कलाकारहरू राजेशपायल राई र मेलिना राईको प्रस्तुति रहनेछ।

कार्यक्रममा च्याब्रुङ नाच, धान नाच, स्याब्रु नाचलगायत विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राख्ने आयोजकको तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा करिब १५ सय दर्शक भित्र्याउने लक्ष आयोजकले लिएको छ।

जसबाट ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापन, ताप्लेजुङको पर्यटन प्रवर्द्धनको प्रचार र ताप्लेजुङवासी र देशभरका आममानिसका बीचमा सद्‌भाव बढाउने उद्देश्य आयोजकले लिएको छ। कार्यक्रम माघ १७ गते दिउँसो ३ बजेदेखि करिब ३ घन्टा चल्नेछ। 

कार्यक्रमको संयोजन सरोकार समाजका उपाध्यक्ष बलबहादुर तामाङले गरेका छन् । संगीत तर्फको संयोजन कलकार भिक्टर प्रधान र अशोक लोहरुङ राईले गर्नेछन् । संगित तर्फको संयोजन अशोक लोहरुङ राई र नृत्य तर्फको संयोजन माधव प्रधानले गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७