मेस्सीको निर्णायक गोलमा बार्सिलोना बिजयी


६ माघ २०७६, सोमबार
messi

काठमाडौं, ६ माघ । लियोनल मेस्सीको दोस्रो हाफको गोल निर्णाय गोले नयाँ प्रशिक्षक क्विक सेटिनले बार्सिलोनासँगको यात्रा जितका शुरुवात गरेका छन् ।

बार्सिलोनाले १० खेलाडीमा झरेको ग्रानाडालाई एक–शून्यले हराए पनि घरेलु टिमले सन्तोषजनक प्रदर्शन गर्न सकेन । बार्सिलोनाले ८३ प्रतिशत बल पोसेसन कायम गरेको थियो । सेटिनको रणनीतिअनुसार टिमलाई घुल्न पनि केही असहज भएको देखिन्थ्यो ।

खेलमा बार्सिलोनाले १५ पटक ग्रानाडाको पोस्टमा आक्रमण गरेको थियो । ग्रानाडाको बलियो डिफेन्स तोड्न निकै मेहनत गर्नु परेको थियो । ६९ औं मिनेटमा जर्मन सान्चेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ग्रानाडाको डिफेन्स कमजोर भयो । त्यसको सात मिनेटपछि नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

जितसँगै बार्सिलोना ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलबाट ४३ अङ्क बनाएको छ । समान अङ्क भएको रियल मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७