फेरि पश्चिमी वायुको प्रभाव, के छ बर्षा र हिमपातको सम्भावना ?


६ माघ २०७६, सोमबार
barsa

काठमाडौं, ६ माघ । आजदेखि फेरि नेपालको मौसममा पश्चिमी वायुको प्रभाव देखिने भएको छ । पश्चिमी वायुको प्रभावकै कारण आज (सोमबार) देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले औंल्याएका छन् ।

पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै तराईका भू–भागमा बिहानैदेखि लागेको कुहिरो सोमबार दिनभर हट्ने सम्भावना नरहेको विभागले जनाएको छ ।

काठमाडौंसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।

अबको एक–दुई दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरु ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन । सोमबार बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम १ दशमलव ५ डिग्री सेल्स्यिस मापन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७