दयाहाङले श्वेताका लागि जीउ नै दाउमा लगाए(भिडियो)


२१ पुष २०७४, शुक्रबार
Dayahang rai Sweta khadka

काठमाडौँ: चलचित्र ‘कान्छी’को ‘यो जीउ मैले दाउमा लाउने तिम्लाई मात्रै हो ।’ बोलको गीत सार्वजनिक भएको छ।Dayahang rai Sweta khadka
फागुन ४ गतेका लागि रिलिज डेट तोकिएको फिल्म कान्छीको गीत बिहीबर रिलिज भएको हो। गीतको फिचरिङमा दयाहाङ राई र श्वेता खड्का प्रमुख रुपमका देखिएका छन् भने सहायक रुपमा अनु शाह, कामेश्वर चौरासिया, भुमिका खड्का, आशान्त शर्मा देखिएका छन्।

मुस्ताङको सुन्दर दृश्य कैद गरिएको गीतको दृश्य पनि निकै सुन्दर रहेको देख्न सकिन्छ। गीतमा धर्मेन्द्र सेवानको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ। गीतमा कोरियोग्राफी बसन्त श्रेष्ठको छ।

नायिका श्वेता खडका निमात्री रहेको फिल्मको निर्देशन भने आकाश अधिकारीले गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७