राप्रपा चुनावमा पराजय हुनुको ८ निष्कर्ष, कांग्रेसले असहयोग गरेको आरोप


२१ पुष २०७४, शुक्रबार
raprapa meeting राप्रपाको बैठक
/fk|kf sfo{ ;ldltsf] a}7s /fli6«o k|hftGq kf6L{sf cWoIf sdn yfkf a’waf/ sf7df8f}Fdf a;]sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7sdf dGtJo JoQm ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं: पहिलो र दोस्रो चरणमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लाज्जासपद हार बेहोरेकोको राप्रपाले चुनावमा हार्नुको निष्कर्ष निकालेको छ । लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचमा होमिएका राप्रपाले प्रतिनिधि सभा तर्फ एक सिटमात्र हात परेका थिए । शुक्रवार चुनावी नतिजा बारे चुनावी समीक्षाका लागि गत पुस १९ देखि २१ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी हार्नुमा आठ निष्कर्ष निकालेका छन् ।

raprapa meeting राप्रपाको बैठक
फाइल तस्बिर

राप्रपाले लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा गए पनि सहयोग नभएको राप्रपाका अध्यक्ष कमल थापालले जानकारी दिएका छन् । बैठकले चुनावमा राप्रपाको लज्जास्पद हारबाट भोग्नु परेको क्षतिको विस्तृत अध्ययन अनुसन्धान गरी भविष्यका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न बैठकले डा. विष्णु भण्डारीको संयोजकत्वमा एक निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ ।

बैठकले फागुन अन्तिम साता केन्द्रीय परिषद् बैठक वीरगञ्जनमा गर्ने, माघमा जिल्ला भेला गर्ने र फागुन पहिलो साता विद्यार्थीको भेला गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बैठकमा अध्यक्ष थापाले काँग्रेसले गठबन्धनको नाममा कुनै सहयोग नगरेको आरोप लगाएका छन् । उनले भने, लोकतान्त्रिक गठबन्धन नामको मात्र भयो, कामको भएन ।’ समानुपातिकमा मत नआउनुमा देशभर आफ्ना उम्मेदवार पनि थिएन ।’
चुनावमा पराजय भोग्नुका कारण यस्ता छन् राप्रपाका ८ निष्कर्ष

१, संविधान संशोधन बारे राप्रपाको स्पष्ट अडान र धारणा नरहनु,

२,  कमजोर सङ्गठनको कारण जनमतलाई भोटमा रूपान्तरण गर्न नसक्नु

३,  बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु,

४, लिखित रूपमा भएको सम्झौता अनुरूप नेपाली काँग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा ईमान्दारितापूर्ण सहकार्य नहुनु

५,  सिद्धान्त प्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा पर्नु

६, राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तर्फ अत्यन्त न्यून स्थानमा मात्र उमेदरवारी दिनु र अधिकांश क्षेत्रहरूमा राप्रपाको प्रत्यक्ष तर्फ उमेदवार नहुनु,

७,  सरकारमा राप्रपाको सहभागिताका सम्बन्धमा जनतामा रहेको भ्रमको निराकरण हुन नसक्नु तथा कार्यकर्ताहरूमा पार्टी सरकारमा रहेको अनुभूति नहुनु,

८,  साधन श्रोतको अभाव रहनु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७