रहेनन् आधुनिक धरानका ‘कोरियोग्राफर’


६ माघ २०७६, सोमबार
Dhyan Bahadur Rai 1

काठमाडौं ६ माघ :  धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको निधन भएको छ । राईको उपचारका क्रममा सोमबार ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

५९ वर्षको उमेरमा उनको आज (सोमबार) दिउँसो १२ः३० बजे अस्पतालको आईसियुमै निधन भएको हो । उनका श्रीमती एक छोरा र एक छोरी छन् । ११ महिनादेखि क्यान्सरसँग जुधिरहेका उनलाई भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै आएको थियो ।

दुई हप्ताअघि मात्र उनलाई काठमाडौं ल्याइएको थियो । र, ललितपुरको पाटन अस्पतालमा राखेर उपचार गरिदै थियो ।

Dhyan bahadur rai

उनलाई दुर्लभ किसिमको क्यान्सर लागेको डाक्टरहरुले बताएका थिए । दिल्लीमा उनलाई १२ औं पटकसम्म किमो दिइएको थियो । तर, स्वास्थ्यमा सुधार हुनुको सट्टा झन् बिग्रदै गएपछि डाक्टरहरुकै सल्लाहबमोजिम उनलाई काठमाडौं फिर्ता गरिएको थियो ।

२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था स्थापना भएसँगै २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी मेयरमा निर्वाचित भएका थिए । जतिबेला उनी ३० वर्षको मात्र थिए । उनी आधुनिक धरान शहरको योजनाकार मानिन्छन् । उनकै डिजाइन अनुसार आजको धरान बनेको जानकारहरुको भनाई छ ।

धरान पूर्वका सबैभन्दा सुन्दर र व्यवस्थित शहर हो । राईको अन्तिम संस्कारका लागि उनलाई जन्मभूमि खोटाङ नै लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७