मलाई नेताको होइन, संविधानको ब्याकअप थियो : शिवमाया तुम्बाहाङ्फे


६ माघ २०७६, सोमबार
shivamaya 2

काठमाडौं, ६ माघ । संसद बैठकमा उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले अरू कसैको होइन,संविधानको ब्याकअप भएकी बताएकी छिन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन्।

‘मैले बाजी मारें। म सभामुख हुन्छु र हुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ। परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फालियो। राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ।’
उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था नभएको पनि उल्लेख गरेकी छन्। ‘ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो। कुनै व्यक्ति र संस्था होइन संविधान थियो। संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन। संस्थाले दिएर के हुन्थ्योरु व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो,’ उनले भनिन्।

उनले आजदेखि काम गर्ने बाटो परिवर्तन गरेको बताइन्। ‘आजदेखि काम गर्ने ट्याक परिवर्तन गर्दैछु,’ उनले भनिन्। तर त्यो बाटो के हो भन्नेबारे उनले पत्रकारहरूलाई आफैं खोज्न आग्रह गरिन्।

उनले आफूले बोलेको कुरा पुर्‍याएर राजीनामा दिएको बताइन्। ‘मैले जे बोलें त्यो पुर्‍याएँ। नेताले भनेको आधारमा होइन,’ उनले भनिन्, ‘कहिले राजीनामा दिनुहुन्छ भन्ने प्रश्न थियो। सत्तापक्षले उम्मेदवार तय गरेर सन्देश आएपछि मार्गप्रशस्त गरेको थिएँ। त्यो कुरा पूरा गरेँ।’ सकारात्मकभन्दा नकारात्मक समाचारले मलाई उर्जा दियो,’ उनले थपिन्। 

 ‘हाम्रो देशमा पित्तृसत्ता सोचले जरा गाडेको छ। मुलुकमा रहेको पित्तृसंस्था सत्ता फाल्न अझै मिहिनेत गर्नुपर्छ’, उनले भनिन्, ‘पितृत्ता राजसंस्था भन्दा बलियो रहेछ, अहिले सकिनँ। मलाई तपाईंको ब्याकअपमा को छरु भनेर सोधियो, तर मसँग संवैधानिक व्यवस्था व्याकअप थियो, कोही व्यक्ति थिएन।’ उनले नेपाली महिलालाई अगाडि बढ्न अझै समस्या रहेको स्मरण गराइन्। ‘हामीलाई अघि बढ्न छेकबार लगाउनेलाई हटाउँदै जानुपर्छ’, उनले भनिन्, ‘अब मलाई तपाईंहरुले फरक भूमिकामा पाउनुहुनेछ। म त्यही लडाइँमा हुनेछु।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७