२०७६ माघ ७ गते मंगलबारको तपाईको राशिफल


७ माघ २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । दाम्पत्य जीवनमा मतभेद भए पनि माया एवं समझदारीको कार्यमा भने कायम रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ समाचार सुन्न पाइएला । प्यारो साथीसँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । महिला वा मित्रबाट सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सम्पती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइने छ । राजनैतिक कार्यमा बाधा आउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । मनोरञ्जनमा सहभागी भइएला । राजनीतिक कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहने छ । साथीभाइसँग भेट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको र ताकेको कार्य पूरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
इच्छा र आकांक्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धन खर्च बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । मान प्रतिष्ठामा बृद्धि होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७