चरेससहित वडा सदस्य पक्राउ


७ माघ २०७६, मंगलवार
pakrau

बाजुरा, ७ माघ । बडिमालिका नगरपालिका–९ गैरी बजारमा डेढ किलो चरेससहित एक वडा सदस्य र अन्य एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउ पर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ घर भई मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् ।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको भट्टराईले बताए । पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७