उपत्यकाका सडकलाई तीन तहमा ‘रुट प्रणाली’, कुन रुटमा कस्ता सवारी ?


७ माघ २०७६, मंगलवार
public gadi

काठमाडौं, ७ माघ । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ ।

एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो । रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन । विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ‘अपडेट गर्दैछौं, जतिसक्दो चाँडो कार्यान्वयनमा लैजानेछौं, कार्यान्वयनमा जाने तयारीमा छौं ।’ तर एक वर्ष अघिदेखि नै विभागले कार्यान्वयनको तयारीमा रहेको जनाउँदै आएको छ । विभागका अनुसार प्राथमिक, द्वितीय र तृतीय गरी तीन तहको रुटको अवधारणा बनाइएको छ ।

तृतीय तहको रुटमा साना सवारी सञ्चालन हुनेछन् । ट्याक्सी लगायतका सवारी यसमा चल्ने छन् । यी छोटा दूरीका रुट हुनेछन् । यो रुट प्रणाली लागू भएपछि अहिले जस्तो सबै सवारीसाधन एउटै रुटमा चल्न पाउने छैनन् ।

रुट प्रणालीको नयाँ रुट प्रणालीअनुसार एउटै रुटमा सबै गाडी गुड्न पाउने छैनन् । तोकिएको रुटमा तोकिएका सवारी गुड्नेछन् । जसले गर्दा ट्राफिक व्यवस्थापन सहज भई दुर्घटनामा कमी आउने महानिर्देशक हमालको भनाइ छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७