नेपाली खेलाडीलाई ओलम्पिक खेल्नु अघि जापानमै प्रशिक्षण व्यवस्था


७ माघ २०७६, मंगलवार
jeevanram shrrestha

काठमाडौं, ६ माघ । टोकियो ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई तोकोशिमा प्रिफेक्चरमा प्रशिक्षण दिने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी)र तोकोशिमाबीच सम्झौता भएको छ । कार्यक्रममा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको पनि उपस्थिति थियो ।

जापानस्थित तोकोशिमाका गर्भनर कामोन इजुमी र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सोही अवसरमा पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य र आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले पनि हस्ताक्षर गरेका थिए ।83058936 2533775596944298 9099240064591855616 n

एनओसी अध्यक्ष नेपालको खेलकुद विकासका लागि जापान सरकारको भूमिका सधै महत्त्वपूर्ण रहँदै आएको बताए । उनले टोकियो ओलम्पिकको आयोजनाको सफलताका लागि जापानलाई शुभकामना पनि दिए । राजदुत राणाले प्रशिक्षणको अवसरले नेपाली खेलाडीको स्तरमा विकास हुनेमा विश्वास व्यक्त गरिन् ।

टोकियो ओलम्पिक २४ जुलाईदेखि अगस्ट दोस्रो सातासम्म हुँदैछ ‌। एनओसीले यसअघि पनि जापानका विभिन्न सहरमा ओलम्पिकलाई लक्षित गर्दै कार्यक्रम ल्याएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७