दामनको होटलमा आठ भारतीय बेहोस, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


७ माघ २०७६, मंगलवार
hotel

काठमाडौं, ७ माघ । मकवानपुरको दामनस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएका आठ भारतीय पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ ।

मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका आठ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।

नेपाल घुम्न आएका चार पुरुष र चार महिला होटलमा बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरलले जनाएको छ । प्रहरीका अनुसार बेहोस सबैलाई उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको छ । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये आठ जना एउटै कोठामा सुतेका थिए ।

प्रहरीका अनुसार, उनीहरू ग्याँस हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने प्रहरीको आशंका प्रहरीको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाइसकेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७