भिडियो कन्फरेन्समा दुई देशबीचको थाँती मुद्दा सुल्झाउन ओलीको मोदीलाई प्रस्ताव


७ माघ २०७६, मंगलवार
check


काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सोमबारको भिडियो कन्फरेन्समा जोडिएको मौकामा दुई देशबीचको समस्यालाई समेत उठाएका छन् ।

विराटनगरमा निर्माण गरिएको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरणका लागि गरिएको भिडियो कन्फरेन्सको मौकालाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीच थाँती मुद्दालाई सुल्झाउने बेला आएको मोदीलाई बताएका छन् ।

सो भिडिओ कन्फेरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । ‘मित्रताका आधारमा काम गर्‍यौं भने दुई पक्षीय सम्बन्धलाई थप उचाइमा लैजान सक्छौं,’ प्रधानमन्त्री ओलीले थपे, ‘मलाई लाग्छ हामीबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको छ ।’

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।
‘म तपाईंलाई काठमाडौंमा स्वागत गर्न आतुर छु । यहाँको भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउने छ,’ प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समा भने भने ।

भारतीय प्रधानमन्त्रीले नेपाली भाषामै तपाईलाई कस्तो छ ? भनेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस्तै उनले नेपाल भ्रमणको निम्तो दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

‘मलाई निमन्त्रणा दिनुभयो धन्यवाद छ । म यस वर्षको कार्यतालिका बनाउँदैछु,’ मोदीले भने, ‘यस वर्ष म जरूर नेपालीसँग समय बिताउने छु ।’ सम्बोधनको अन्त्यमा उनले नेपालीमा भने, फेरि भेट होला ।

प्रधानमन्त्रीले ओलीले दुई देशको समस्या सुल्झाउनु पर्ने प्रस्ताव राखे पनि मोदीले यसबारे ठोस रुपमा जवाफ भने दिएनन् । तर, उनले ‘फेरि भेट होला’ भन्दै दुई देशबीचको थाँती समस्याहरुबारे अन्य समयमा कुरा गर्न सकिने संकेत भने दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७