दामनको रिसोर्टमा बेहोस पाँच भारतीयको मृत्यु (अपडेट)


७ माघ २०७६, मंगलवार
hotel

हेटौंडा, ७ माघ । मकवानपुरको पर्यटकीयस्थल दामनस्थित एक रिसोर्टमा बेहोस फेला परेका आठ भारतीयमध्ये पाँच जनाको मृत्यु भएको छ ।

हेलिकप्टरबाट उद्धार गरी ल्याइएका पाँच जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका आठ भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा फेला परेका थिए ।

उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो ।
‘उपचारमा ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको बुझिएको छ,’ अस्पताललाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले भने ।

उनका अनुसार अन्य तीन जनालाई लिन पुनः हेलिकोप्टर दामन उडेको छ । उनीहरूको अवस्था थाहा भइसकेको छैन । मृत्यु हुने तीन जना महिला र दुई पुरूष रहेको लम्सालले जानकारी दिएका छन् । सबैको नाम–ठेगानाको विवरण आइसकेको छैन ।

उनीहरू झ्याल नभएको कोठामा ग्याँस हिटर बालेर सुतेका थिए । उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ । उनीहरु १५ जनाको समूहमा नेपाल भ्रमणका लागि आएका थिए । आठ जना बाहेक अन्य अर्को कोठामा सुतेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७