प्रहरी जवान पाँच दिनदेखि बेपत्ता


७ माघ २०७६, मंगलवार
police

दिपायल, ७ माघ । प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत एक जना प्रहरी जवान पाँच दिनदेखि वेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–२ घर भई हाल प्रहरी तालिम केन्द बुडरमा कार्यरत सन्तोष नेपाली पाँच दिनदेखि बेपता भएका हुन् ।

क्याबी बिदाको बहाना बनाएर परिवारसहित उपचारमा गर्न धनगढी गएको र धनगढीबाट नै सम्पर्कबिहीन भएको उनको परिवारले जनाएको छ । उनी दुई वर्षअघि प्रहरीमा भर्ना भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७