दामनको रिसोर्टमा बेहोस आठै भारतीयको मृत्यु (अपडेट)


७ माघ २०७६, मंगलवार
hotel


मकवानपुर, ७ माघ । मकवानपुरको थाहा नगरपालिकास्थित पर्यटकीयस्थल दामनको एक रिसोर्टमा मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका आठ भारतीयको मृत्यु भएको छ ।

थाहा नगरपालिका–४ दामनस्थित एभरेस्ट पानोर रिसोर्टमा बेहोस भेटिएका आठ भारतीय नागरिकको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आठै भारतीय पर्यटकको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिएका छन् । ‘सबैको मृत्यु भएको छ, उनीहरुको पहिचान खुल्न बाँकी छ, थप अनुसन्धान भइरहेको छ ।’ तीमध्ये कति जना पुरुष, कति महिला भन्ने खुलि नसकेको प्रहरी निरीक्षक कुर्मीले बताएका छन् । तर बेहोस आठमध्ये चार महिला र चार पुरुष भएको अनुमान गरिएको छ ।

बिहानै बेहोस भेटिएका उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको थियो । भारतबाट नेपाल घुम्न आएका १५ भारतीयको समूहले पनोरमा रिसोर्टका दुई कोठा लिएका थिए । जसमध्ये एउटा कोठामा आठ र अर्काे कोठामा सात जना बसेका थिए ।

तीमध्ये आठ जना बसेका कोठाका सबै जना मंगलबार बिहान बेहोस अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । अर्काे कोठामा बसेका सात जना भने सकुशल छन् । राति ग्याँस हिटर बालेर सबै झ्याल बन्द गरी सुतेकाले निस्सासिएर उनीहरू बेहोस भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर यकिन कारण खुल्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७