सावित्रा र अनिताले आई लिग खेल्न भारत प्रस्थान


७ माघ २०७६, मंगलवार
anu basnet sabitra bandari

काठमाडौं, ७ माघ । राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र मिडफिल्डर अनिता बस्नेत भारतीय (आई) लिग खेल्ने भारत प्रस्थान गरेका छन् । छन् । शुक्रबारबाट सुरु हुने लिग खेल्न दुवै जना खेल्ने छन् । गत वर्ष एउटै क्लबबाट खेलेको थियो ।, यसपटक भने सावित्रा र अनिताले अलग अलग क्लबबाट खेल्ने छन् ।

सावित्राले गोकुलम केरेला एफसी र अनिताले सेथु एफसीबाट खेल्ने छिन् । गत सिजन भने दुवैले सेथुबाट खेलेका थिए । सेथु गत वर्षको विजेता हो । फाइनलमा सावित्राले २ गोल गरेपछि मणिपुर पुलिस स्पोर्टस्लाई ३-१ ले हराउँदै सेथु च्याम्पियन बनेको थियो । सावित्राले लिग भर १५ गोल गरेकी थिइन् । सावित्रा र अनिताले दुई वर्षअघि माल्दिभ्समा फुटसल लिग पनि खेलेका थिए ।

बंगलुरुस्थित बैंगलोर फुटबल रंगशालामा फागुन २ गते सम्म चल्ने आइ लिगमा गत वर्ष जस्तै १२ टोलीको सहभातिगा रहनेछ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरि राउन्ड रोविन लिग र त्यसमा शीर्ष २ मा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

आई लिगको यो चौथो संस्करणको समूह एमा बारोडा फुटबल एकेडेमी, बिबिके एफसी, एफसी कोहलपुर सिटी, किक स्ट्राट एफसी र साविक विजेता सेथु छन् । बैंगलोर युनाइटेड एफसी, विदेश ११ एफसी, ओडिसा पुलिस एफसी, केन्क्रे एफसी, श्री भूमि एफसी तथा गोकुलम र अलकापुरामध्ये एक रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७