दामनमा मृत्यु भएका आठै भारतीय पर्यटकको सनाखत


७ माघ २०७६, मंगलवार
hotel

हेटौंडा, ७ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ ।

रिसोर्टका कोठामा गए राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिए ।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो । उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा आठ जना सुतेका ती पर्यटक आज बिहान बेहोस अवस्थामा फेला परेका थिए उनीहरुलाई हेलिकप्टरबाट काठमाडौंको ह्याम्स् अस्पताल लगिएको थियो ।

पोखराबाट सोमबार साँझ उनीँहरु सो रिसोर्टमा बास बस्न आएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७