सभामुखका उम्मेद्वार सापकोटाविरुद्ध परेन उम्मेद्वारी, भोटिङ नहुने


७ माघ २०७६, मंगलवार
aagni sapkota 1

काठमाडौं, ७ माघ । रिक्त सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेद्वारी परेको छ ।

प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेद्वारी नआएपछि सभामुखका लागि सापकोटा एक्ला उम्मेद्वार रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

aagni sapkota 1 1

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेत सभामुख उम्मेद्रीबाट पछि हटेपछि सापकोटा एक्ला उम्मेद्वार बनेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए । मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय दिइएको थियो । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक डाकिएको छ ।

aagni sapkota 2

तर, सभामुखमा अग्निविरूद्ध अन्य दलबाट उम्मेद्वारी नपरेपछि मतदान (भोटिङ) नहुने भएको छ । अग्निका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थक देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण बोलेपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७