कांग्रेस नेता रायमाझीको सम्पत्ति छानविनको माग गर्दै अख्तियार र सम्पत्ती शुद्धीकरणमा उजुरी


७ माघ २०७६, मंगलवार
Mmesh jung Rayamajhi

काठमाडौं, ७ माघ :  राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्ने पर्ने माग राख्दै उजुरी दर्ता भएको छ ।

अनामनगरका सौजन्य क्षेत्रीले रायमाझीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानविन माग सहित मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका हुन् ।

भोजपुरको सामान्य परिवारमा जन्मेका संसद रायमाझीले राजनीतिको आडमा करोडौ अकुत सम्पत्ति आर्जन गरेकाले छानविनको माग गरेर उजुरी दर्ता गराएको क्षेत्रीले बताए । रायमाझीले माघ ५ को राष्ट्रियसभा बैठकबाटै सरकारलाई ५० करोड रुपैयाँ बढी तिर्न तयार भएको भन्दै गोकर्ण रिसोर्ट लिज दिन माग माग गरेका थिए ।

‘राज्यको इज्जत र प्रतिष्ठा माथिनै आँच पुग्ने गरी माथिल्लो सदनबाटै सरकारको खिल्ली उडाएर ५० करोड सम्पत्तिको धाक लगाउनु जायज होइन,’ क्षेत्रीले भने, ‘उनको सम्पत्ति छानविन गरी राज्यकरण गर्नु पर्छ । सांसद रायमाझीले प्रसस्त सम्पत्ति कमाएको कुरा यस अघि नेपाली सञ्चार माध्यममा बारबार सार्वजनिक भई सकेको छ ।

कांग्रेस निकट स्रोतका अनुसार रायमाझीले तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का जिवित छँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरि व्यापारिक प्रतिष्ठानका व्यक्तिहरुलाई तर्साएर अकुत सम्पत्ति आर्जन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७