राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरि सम्पन्न


७ माघ २०७६, मंगलवार
Blood Donation 2 1

काठमाडौं,७ माघ। राष्ट्रिय वाणिज्य बैंकले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।

बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७