दीपक मनाङेले एन्फा कास्की अध्यक्षलाई मञ्चमै कुटे


७ माघ २०७६, मंगलवार
Deepak Manage दीपक मनाङे

कास्की, ७ माघ :  गुण्डागर्दीबाट राजनीतिमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई पिटेका छन्।

गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन्। गुण्डा नाइकेका रुपमा परिचित  मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेका थिए।

एन्फा अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूलाई ३ पटक प्रहार गरेको बताए। अभ्यास मैदान मिलाउँदा मिलाउँदा पनि आफूलाई पिटेको उनको भनाई छ। उनका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेका थिए। आफूलेपनि मुक्का फर्काउन सक्ने भएपनि सांसद भनेर छाडेको उनले बताए। 

प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे। लिगमा ९ टिमको सहभागिता छ। प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउँनेछन्।

गुरुङले मंगलबार नै क्रियटिभ पोखरा अवार्डका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७