हिमालयन बैंक र म्याक्स मनि एसडीएनवीएचडी बीच विप्रेषण रकम भुक्तानी सम्बन्धि सम्झौता


७ माघ २०७६, मंगलवार
himalayan bank feature

काठमाडौं, ७ माघ । हिमालयन बैंक र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एस.डी.एन।बी।एच।डी। बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो।अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् । हिमालयन बैंक लिमिटेड र म्याक्समनिले आउँदा दिनहरुमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७