भारतले पेट्रोलियम तालिम केन्द्र बनाइदिने


७ माघ २०७६, मंगलवार

काठमाडौं,७ माघ। भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपालका लागि पेट्रोलियम तालिम केन्द्र बनाइदिने भएको छ।

पुस २८ गते नयाँ दिल्लीमा बसेको नेपाल-भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतलाई पेट्रोलियम तालिम केन्द्र बनाइदिन प्रस्ताव राखेको थियो।

त्यतिबेला भारतीय पक्षले तालिम केन्द्र बनाइदिने जवाफ दिएको उद्योग मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले बताए। उनका अनुसार तालिम केन्द्र बनाइदिन भारतीय पक्ष सकारात्मक देखिएको छ।

‘भारतीय पक्षले सक्दो चाँडो ठाउँ तोकेर पठाउनु भनेको छ। छिट्टै आयल निगमसँग छलफल गरेर पठाउँछौं, ’ उनले भने। हाल निगमका कर्मचारी तथा इन्धनसँग सम्बन्धित व्यवसायीहरू तालिम लिन भारतलगायत अन्य देशमा जाने गरेका छन्। नेपालमै तालिम केन्द्र बन्यो भने खर्च तथा समयको बचत हुने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७