अनेरास्ववियूको जिल्ला नेतृत्व बाडफाँटमा असन्तुष्टि, बुझायो असहमति पत्र


७ माघ २०७६, मंगलवार
wasim

काठमाडौं, ७ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूको जिल्ला नेतृत्व चयनमा असन्तुष्टि जनाएको छ ।

अनेरास्ववियूका निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र लेखा आयोगका अध्यक्ष धर्मेन्द्र रोकायाले केही जिल्लामा मापदण्ड विपरित नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

अनेरास्ववियूका इञ्चार्ज हितमान शाक्य, सह इञ्चार्ज बिनोद ढकाल, संयोजक ऐन महर तथा सह संयोजक रञ्जित तामाङलाई लिखित असहमति पत्र बुझाएको पूर्वे ओरास्ववियूका सचिव वसिम आलमले बताए । जिल्ला नेतृत्व टुंगो लगाउँदा बझाङ, हुम्ला, चितवनलगायत एक दर्जन जिल्लामा मापदण्ड मिचिएको उनीहरुको आरोप छ ।

‘जिल्ला नेतृत्व टुंगो लगाउँदा निवर्तमान जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिवसहित पदाधिकारीहरुलाई वरियताअनुसार बाडफाँट गर्ने मापदण्ड बनेको थियो तर एक दर्जन जिल्लामा गुटका आधारमा आफ्ना मान्छेलाई जिम्मेवारी दिने काम भएको छ, यो हामीलाई स्वीकार्य हुन्न,’ अनेरास्ववियूका निवर्तमान सचिव  वसिम आलम भने ती जिल्लामा निवर्तमान अध्यक्षलाई बाइवपास गरेर सचिवालय सदस्यलाई अध्यक्ष बनाउने गम्भिर त्रुटि भएको पनि उनीहरुको आरोप छ । तत्कालीन एमाले निकट अनेरास्ववियू र माओवादी निकट अनेरास्ववियूबीचको एकताका क्रममा जिल्ला अध्यक्ष र सचिव एक अर्काले लिने सहमति भएको थियो ।

असहमति

82818743 222339388784088 626652405844410368 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७