५८ पटक पेसी चढ्दा पनि भएन फैसला


८ माघ २०७६, बुधबार
law

काठमाडौं, ८ माघ । सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालय समेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ ।

सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको चित्त नबुझाई १२ थान रिट निवेदन दायर गरेको पनि १२ वर्षभन्दा बढी भइसक्यो । मंगलबार ती विवादमा सुनुवाई भए पनि अन्त्यमा सम्बन्धित निकायबाट पुनः फाइल मगाइयो ।

ती विवाद विभिन्न मितिमा विभिन्न इजलासमा परेका भए पनि धेरैजसो त्यसको पालो नआएर सुनुवाई हुन सकेको छैन । सुनुवाईका लागि ५८ पटक पेसी चढेको भए पनि २० पटक हेर्न नभ्याइने भनि जनिएको छ ।

पक्ष र विपक्षको विवादको सुनुवाइ स्थगित गरेको संख्या ८ छ । सुनवाइ भएर आदेश गरेको संख्या ६ र हेर्न नमिल्ने न्यायाधीशकोमा ३ पटक परेको छ । ५८ पटक पेशी चढेको भए पनि अन्य विभिन्न कारणले विवादले अन्तिम निकास पाउन सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७