अब जथाभावी बाटो काटे हजार, ट्याक्सी मिटरमा जान नमाने १५ हजार जरिवाना


८ माघ २०७६, बुधबार
zebra crossing

काठमाडौं, ८ माघ । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।

मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लघंन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लघंन गर्ने पैदल यात्रुलाई एक हजार, मापासे गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

त्यसै गरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार जरिवाना प्रस्ताव गरिएको छ । विधेयक लागू भएमा मधयम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ । समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७