बाहिरियो पश्चिमी न्यून चापीय प्रणाली, शुक्रबारसम्म बर्षा र हिमपातको छैन सम्भावना


८ माघ २०७६, बुधबार
kathamandu

काठमाडौं, ८ माघ । नेपालबाट वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको छ । शुक्रबारसम्म बर्षा र हिमपातको सम्भावना नरहेको मौसमविदहरुले जनाएका छन् । तर, तराई क्षेत्र भने हुस्सुले ढाकेको छ ।

गए राति (मंगलबार) राति पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् । त्यसैकारण आज देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

तर तराईका अधिकांश स्थान भने यतिबेला हुस्सु र कुहिरोले ढाकेको छ । मौसम बदली नभएपछि अर्थात् आकाशमा बादल नभएपछि तराईमा हुस्सु र कुहिरो बढ्ने मौसमविद् बताउँछन् । मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणाली भित्रिएर जब मौसम बदली हुन थाल्छ तब तराईमा हुस्सु र कुहिरो हट्न थाल्छ ।
यस्तो रहने छ आगामी तीन दिनको मौसम
माघ ८ गते (बुधबार)
दिउँसो– मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागमा हुस्सु र कुहिरो रहनेछ ।
राति–मौसम सामान्यतया सफा रहनेछ। तराईका भू–भागमा हुस्सु र कुहिरो रहने छ ।
माघ ९ गते (बिहीबार)
दिउँसो–मौसम सामान्यतया सफा रहनेछ ।मध्य तथा पूर्वी तराईका भू–भागमा हुस्सु र कुहिरो रहनेछ ।
राति–देशको पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।
माघ १० गते (शुक्रबार)
दिउँसो–देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
राति– देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

स्रोत– मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७