खुकुरी प्रहार गरी एकको हत्या, एक गम्भिर घाइते, पेसेवार गुण्डा प्रयोग गरिएको आरोप


८ माघ २०७६, बुधबार
dhading attack cover

काठमाडौं, ८ माघ । धादिङको खनियावास गाउँपालिका–४ दार्खामा खुकुरी प्रहारबाट एकको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् ।

गए राति (मंगलबार) घरमा बसिरहेको अवस्थामा सान्ता तामाङ र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट सान्ता तामाङको मृत्यु भएको छ । खुकुरी प्रहारबाट रविन तामाङ गम्भिर घाइते भएका छन् ।

उनलाई बुधबार बिहान काठमाडौस्थि ग्रीन सिटी अस्पताल ल्याइएको छ । तामाङको टाउको र घाँटीमा गम्भिर चोट लागेको उनको आफन्तले बताएका छन् । राति घरमा बसिरहेको अवस्थामा अचानक समूहमा आएर खुकुरी र ढुङ्गामुढा प्रहार गरेको पीडितका आफन्तहरुले आरोप लगाएका छन् ।

दुई समूहको आपसी विवादपछि झडप हुँदा खुकुरी प्रहार भएको पाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रविन्द्र रेग्मीले बताएका छन् । घटनामा संलग्न नेत्रावती डब्जोङ १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरिएको उनले बताए । आफू घटनास्थल जाँदै गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिएका छन् ।

धादिङ क्षेत्रमा पेसेवर गुण्डागर्दीमा संलग्न रहेका अशोक तामाङको निर्देशनमा उनिहरुमाथि आक्रमण भएको पीडितका आफन्तहरुले आरोप लगाएका छन् । घटनामा संलग्न राम तामाङ विभिन्न आपराधिक घटनामा संलग्न रहँदै पटक–पटक पक्राउ समेत परिसकेका व्यक्ति हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७