राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ गते


२२ पुष २०७४, शनिबार
primenister office

काठमाडौ : सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २४ गतेका लागि तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा २४ गतेका लागि मिति तोकिएको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।primenister office

‘नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (क) बमोजिम निर्वाचित हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश–२०७४ को दफा ५ को उपदफा १ बमोजिम आगामी माघ २४ गते बुधबार निर्वाचनको मिति तोक्ने र सोको सूचना राजपत्रमा प्रकाशन गर्ने भएको छ’, मन्त्री कार्कीले भने ।

५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८र८ जना) प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।

निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७