दामनमा भारतीयको मृत्यु : दुबईबाट विवाहको वर्षगाँठ मनाउन आएका परिवारका पाँचै जनाको मृत्यु

बचेका साथीभाइ शोकमा


८ माघ २०७६, बुधबार
daman

काठमाडौं, ८ माघ । मकवानपुरको दामनमा मंगलबार सुतेकै ठाउँमा बेहोस फेला परेका आठ भारतीयको दुःख निधन भयो ।

दामनको पानोरा रिसोर्टमा बसेका उनीहरु विहान वेहोस फेला परेका थिए । उनीहरुलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको भए पनि बचाउने प्रयास असफल भयो । बेहोस भएर ज्यान गुमाउनेमा एक परिवारका पाँच सदस्य छन् । भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका ३९ वर्षे प्रभिन कृष्णन नायर र उनकी ३४ वर्षीया श्रीमती सरन्या र उनीहरुका तीन सन्तान ९ वर्षे श्रीभद्र, ८ वर्षे आर्च र ७ वर्षे अभी नायरको मृत्यु भयो ।

दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकलाई अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकोप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रभिनका साथीहरु र पारिवारिक स्रोतका अनुसार प्रभिन नायर र उनकी श्रीमती सारान्या बाल बच्चाको जन्मदिन र डिसेम्बरमा परेको विवाहको १० औं वर्षगाँठ मनाउन नेपाल आएका थिए ।

परिवारकै मृत्यु भएको खबरले दुबई स्थित उनका आफन्त र साथीभाइ शोकमग्न भएका छन् । प्रभिन मूल रुपमा केरलाका थिभुरानान्थानपुरमका हुन् र उनी विगत ११ वर्षदेखि दुबईको कालान्दुर ग्रुप अफ कम्पनिज नामको कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत थिए । उनकी श्रीमतीले कोचीस्थित एर्नाकुलमबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको पारिवारिक स्रोतले जनाएको छ ।

‘उनका तीनै सन्तानको जन्म जनवरीमा भएको हो । बच्चाहरुको जन्म दिनमा केही दिनको मात्रै फरक छ,’ प्रभिनलाई नियुक्त गर्ने कालान्दुरले जानकारी दिए । ‘उनी बिहीबार दुबईबाट एर्नाकुलम पुगेका थिए र शुक्रबार परिवारसहित नेपाल गएका थिए । उनी शनिबार काममा फर्कने योजनामा थिए,’ उनले भने ।

सँग नेपाल घुम्न आएका साथीको सिङ्गो परिवार नै नरहेपछि आफूहरुलाई नरमाइलो र दुःखित बनाइरहेको कालान्दुर बताउँछन् । ‘उनी हाम्रो कम्पनीमा प्रोजेक्ट म्यानेजरको रुपमा आबद्ध भएका थिए र अहिले उनी अपरेशन म्यानेजर र सेकेण्ड इन–चार्ज हुन्,’ कालान्दुरले थपे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७