डीआईजी डा.आशा सिंह एआईजीमा बढुवा


८ माघ २०७६, बुधबार
15796762901j7ebnaX

काठमाडौं,८ माघ ।  सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई नेपाल प्रहरीको प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले डीआईजी डा. सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएपछि बढुवा विवादमा परेको थियो ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

अस्पतालकी एआईजी डा। दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकास पाएकी थिईन् । थापाको अवकाशपछि वरिष्ठताका आधारमा सरकारले डीआईजी डा. मिनराज पाठकलाई नै अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७