शीतल मोक्तानलार्इ यस्ताे जीवनसाथी मनपर्छ


२२ पुष २०७४, शनिबार
Shital Moktan 1

काठमाडौं : बौद्धिक हुनुपर्छ : मलाई बाह्य रूपले प्रभाव पार्दैन । बरु बौद्धिक क्षमताले आकर्षित गर्छ । बाह्य सुन्दरता भनेको क्षणिक मात्र हो । मेरो अहिले जस्तो रूप छ, आजको १० वर्षपछि त्यो रहँदैन । बौद्धिकताको दायराचाहिँ धेरै फराकिलो भएर जान्छ । कोही एकको कामबाट अरू कोही प्रभावित हुनुपर्छ । जसलाई अरूले ‘आइडियल’ व्यक्तिका रूपमा लिन्छ, त्यस्तो व्यक्ति मेरो जीवनसाथी होस् भन्ने चाहन्छु । सिर्जनात्मक कुरामा अग्रसर हुनेहरू मलाई मन पर्छ । सयमा सय प्रतिशत नै राम्रो गुण भएको त नहोला, तर कतिपय कुराहरूमा भने सम्झौता गर्न सकिन्छ । अलिकति थोरै अवगुण भए पनि सुधार्न सकिन्छ भन्ने लाग्छ । Shital Moktan

मभन्दा अग्लो
बाह्य सुन्दरता, वर्ण, जातले मलाई केही प्रभाव पार्दैन । तर, हाइटचाहिँ मभन्दा अग्लो मनपर्छ । किनभने म पनि त्यति अग्लो छैन । त्यसैले पनि मभन्दा अग्लो नै भएको मनपर्छ । बराबरको हाइटभन्दा अलिकति केटा अग्लो भएको सुहाउँछ जस्तो लाग्छ ।

Shital Moktan 1
शीतल मोक्तान ।

मलाई बुझ्ने हुनुपर्छ
सबैभन्दा पहिलो कुरा त मेरो जीवनसाथीले मलाई बुझ्ने हुनुपर्यो । एक–अर्कालाई बुझेनौँ भने सम्बन्ध अगाडि बढाउन अप्ठ्यारो हुन्छ । त्यो श्रीमान्–श्रीमतीको मात्र नभएर साथीभाइ अथवा पारिवारिक सम्बन्ध नै किन नहोस् । एक–अर्काको भावनाको सम्मान हुनुपर्छ । मलाई मेरो श्रीमान्ले बुझोस्, मेरो भावनाको सम्मान गरोस्, माया गरोस् भन्ने चाहना छ । सायद यो सबैमा लागू हुन्छ होला । हरेक युवायुवतीलाई यस्तै ‘लाइफ पार्टनर’को चाहना हुन्छ होला ।
साथ तथा हौसला दिने
मेरो हरेक काममा साथ तथा हौसला दिने हुनुपर्छ । मलाई लाग्छ, श्रीमान्–श्रीमतीको सम्बन्ध भनेको नै एक–अर्कालाई साथ दिनु हो । म पनि उनको हरेक निर्णयमा साथ दिन चाहन्छु । त्यसैगरी मेरो हरेक निर्णयमा पनि उनले साथ र सल्लाह दिनुपर्छ । साथै हौसला दिनुपर्छ । कतिपय काम गर्न हौसलाको खाँचो पर्छ ।
व्यावहारिक हुनुपर्छ
व्यावहारिक हुनुपर्छ । कम बोल्ने, तर काम धेरै गर्ने मनपर्छ । तर, गर्नै सकिन्न भनेर चुप लागेर बस्ने पनि होइन । कम्तीमा कोसिस गर्नेचाहिँ हुनुपर्छ । कतिपय मान्छे आफ्नो क्षमताभन्दा बढी बोल्ने र पछि व्यवहारमा पूरा नगर्ने पनि हुन्छन् । मलाई त्यस्तो बानी पटक्कै मन पर्दैन । आपत्कालीन अवस्थालाई ह्यान्डल गर्न सक्ने हुनुपर्छ ।
पढेर र परेर जानेको हुनुपर्छ
मलाई यति, डिग्री नै हुनुपर्छ भन्ने छैन । तर, अवश्य पढेकोचाहिँ हुनुपर्छ । हुन त आजभोलि नपढेका हुँदैनन् । तर, सबै कुरा पढेर मात्र पनि जानिएको हुँदैन । कतिपय अवस्थालाई ह्यान्डल गर्न सक्ने खुबी परेर नै जानिएको हुन्छ । परेर पनि सबै जानिएको हुँदैन । पढ्नु पनि पर्छ । दुइटै गुण मिसिएको हुनुपर्छ । हामीले किताबमा पढेको मात्रै ज्ञानले पनि हुँदैन । आफूले आफूलाई अपडेट गर्नुपर्छ । परिस्थितिअनुसार आफूलाई प्रस्तुत गर्न सक्ने हुनुपर्छ ।
नो स्मोकिङ, लिमिट ड्रिंक्स
मलाई स्मोक गर्ने मन पर्दैन । धुवाँदेखि एलर्जी छ । धुवाँमा बस्नै हुँदैन । मलाई गाह्रो भइहाल्छ । त्यसैले स्मोकिङ गर्नेसँग त चान्स नै छैन । ड्रिंक्स गर्ने पनि मलाई खास मनपर्दैन । म आफू पनि केही पिउँदिनँ । सकेसम्म नपिउने नै भएको मनपर्छ । तर, कहिलेकाहीँ कार्यक्रममा सोसियल हुनका लागि हल्का पिउने भने ठीकै लाग्छ । मातेर सबैको अगाडि व्यहोरा देखाउने हुन भएन । लिमिटमा हुनुपर्छ ।

नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७