तस्करले थापेको पासोमा चितुवा परेपछि…


८ माघ २०७६, बुधबार
chituwa
फाइल फोटो

भीमदत्तनगर, ८ माघ । तस्करले थापेको पासो (धराप) मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरी चौकी ब्रह्मदेव तथा डिभिजन वन कार्यालय कञ्चनपुरको टोली उद्धारमा खटिएको छ ।

chituwa 1

भीमदत्त नगरपालिकाले चुरेको फेदमा छाडा गाईवस्तुका लागि निर्माण गरेको गौशालाको रेखदेखमा खटिएका कर्मचारीले चितुवा पासोमा परेको भेट्टाएपछि सोबारे सीमा प्रहरी चौकी ब्रह्मदेवलाई जानकारी गराएका थिए ।

लगत्तै सेना, प्रहरी र डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुगेको हो । वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले प्रारम्भिक अनुसन्धानका क्रममा तस्करले चितुवा मार्न पासो थापेको पाइएको बताए । ‘चितुवा जिउँदै छ, उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली मगाएका छौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७