अउडी ‘क्यू ८’को पहिलो ग्राहक बने कप्तान कोहली, मूल्य कति ?


८ माघ २०७६, बुधबार
virat q8 1 1579256647

काठमाडौं, ८ माघ । भरतीय क्रिकेट टिमका कप्तान विराट कोहली अउडी ‘क्यू ८’ पहिलो ग्राहक बनेका छन्।

चर्चित जर्मन सवारी साधन निर्माता कम्पनी अउडीको नयाँ एसयुभी ‘क्यू ८’ को पहिलो ग्राहक कोहली बनेका हुन्। मिडिया रिपोर्टका अनुसार कोहलीले ‘कस्टमाइज मसाज सिट’ सहितको सेतो रङ्गको ‘क्यू ८’ लिएका छन्।

३ लिटरको हाईब्रिड इन्जिन सहितको ‘क्यू ८’ ले ३४० एचपी पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ।


२५० किलोमिटर प्रतिघण्टा रफ्तारमा गुड्नसक्ने भनिएको यस एसयुभी ५.९ सेकेन्डमा ० देखि १०० किलोमिटरको स्पिडमा पुग्नसक्छ। भारतमा यसको सुरुवाती मूल्य १ करोड ३३ लाख पर्ने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७