घट्यो सुनको मूल्य


८ माघ २०७६, बुधबार
gold 1

काठमाडौं, ८ माघ । बुधबार सुनको मूल्य घटेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य ७४ हजार ८ सय निर्धारण गरिएको छ।

यो मंगलबारको तुलनामा ५ सयले घटेको हो। मंगलबार छापावाला सुनको मूल्य ७५ हजार ३ सय कायम गरिएको थियो।
यस्तै तेजावी सुनको ७४ हजार ५ सयमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ। मंगलबार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ८ सय ८० निर्धारण गरिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७