उड्छन् बाकु, पुग्छन दुबई : मानव तस्करीको नयाँ रुट


९ माघ २०७६, बिहीबार
bidesh

काठमाडाैं, ९ माघ । मानव तस्करहरुले आफ्ना रुट फेरिरहन्छन् । पछिल्लोपाली अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र युएईमा घरेलु कामदार ओसार्ने ‘सेटिङ’ बढेको पाइएको छ ।

एक महिनायता यसैगरी १४१ ब्यक्ति नेपालबाट उढाइए । तीमध्ये १३६ महिला थिए । अजरबैजानको भिसा र श्रम स्वीकृति भएका तिनीहरु युएई ट्रान्जिटमै हराएको स्रोतले बतायो ।

फस्ने, दुःख पाउने घट्ना धेरै भए पनि युएई र कुवेत घरेलु कामदारलाई फकाउन सजिला देश हुन् ।
घरेलु कामदारका लागि सरकारले ०७२ सालदेखि प्रतिबन्ध लगाएकाले हरेक हत्कण्डा प्रयोग गरेर त्यहाँ लैजाने धन्दा रोकिएको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७